धरानः सुनसरी १ बाट जितेर संसद् भवन छिरेका सांसद् हर्कराज राई (साम्पाङ) ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई रातो किताबमा योजना समावेश गर्न माग गर्दै मागपत्र बुझाएका छन् ।
उनले धरानमा ३० वर्षसम्म पर्याप्त पुग्ने गरी दीर्घकालीन खानेपानी आपूर्ति गर्न माग गरेका छन् ।
आव २०८३–०८४ मा बजेट समावेश गर्न माग गर्दै ३७ बुँदे मागपत्र पेशेका हुन् । मागपत्रमा कोशी नदीको खानेपानी आयोजनालाई प्राथमिकीकरण गर्नेदेखि अन्य विकासे पूर्वाधारमा बजेट समावेश गर्न उनले माग गरेका छन् । उनले कारणसहित प्रधानमन्त्रीलाई यी ३७ बुँदे माग समावेश गर्दै बुझाएका हुन् ।
यसअघि इटहरीमा बालेन प्रधानमन्त्री नभई इटहरी आउँदा पनि कोशीको पानी ल्याएर धरानेको प्यास मेट्ने बताएका थिए ।
१. सप्तकोशी धरान खानेपानी आयोजना प्राथमिकतामा पारिनुपर्ने ।
कारणः धरान–२०, धरान–४, धरान–१४, धरान–५, धरान–६, धरान–१७ को पट्नाली र खैरेनीलगायतका धरानको मुख्य समतल आवासीय र बजार क्षेत्रलाई कम्तीमा आउने ३० वर्षसम्म पर्याप्त पुग्नेगरी दीर्घकालीन खानेपानी आपूर्ति गर्नुपर्नेछ ।
धरान–२० स्वाँरामा पनि खानेपानीको व्यवस्था गरिनुपर्ने ।
कारणः डाँडाको बस्ती भएकोले तल पर्ने कोकाहा खोलाको पानी खुवाउनुपर्ने अवस्था छ । हाल सञ्चालन रहेकोले नसक्ने अवस्था छ ।
बराहक्षेत्र नगरपालिका खानेपानी स्तरोन्नति गर्नुपर्ने ।
कारणः हाल उपलब्ध खानेपानीको स्रोत बढाउन भूमिगत पानी निकालेर व्यवस्थित ओभरहेडे ट्याङ्कहरू निर्माण गरी पानी वितरण गर्नुपर्ने छ ।
रामधुनी नगरपालिका खानेपानी स्तरोन्नति गर्नुपर्ने ।
कारणः हाल उपलब्ध खानेपानीको स्रोत बढाउन भूमिगत पानी निकालेर व्यवस्थित ओभरहेडे ट्याङ्कहरू निर्माण गरी पानी वितरण गर्नुपर्नेछ ।
२. धरान उपमहानगरपालिकाका सर्दु, सेउती, शेरा, अँधेरी खोलाहरु वारीपारी तट्बन्धन र कोरिडोर निर्माण गर्नुपर्ने ।
कारणः वर्षेनी भेलले हानेर बस्ती बग्ने खतरा र मानवीय क्षति हुने सम्भावना । जनताको भौतिक सम्पत्तिको क्षति भइरहेको हुँदा सुरक्षा दिन अत्यावश्यक छ ।
३. सेनटरी ल्याण्डफिल्ड साइटः फोहोरमैला व्यवस्थापन, प्राकृतिक संरक्षण गरिनुपर्ने ।
कारणः अहिलेसम्म परम्परागत शैलीमा जङ्गलमा फोहोर डम्पिङ गर्दै आउनुपर्ने बाध्यता फोहोरमैला व्यवस्थापन, प्राकृतिक र जैविक संरक्षणको लागि अत्यावश्यक रहेको छ । प्लाष्टिक, मेटल, रि–साइकल समेत गर्नुपर्ने अवस्था छ ।
४. धरानस्थित बीपी अस्पतालको निर्माणाधीन एमसिएच भवन सम्पन्न गरी सञ्चालन गर्नुपर्ने
कारणः मातृशिशु स्वास्थ्यका लागि अत्यावश्यक प्रसुतिको बेला हाल एउटै बेडमा २–३ जना लडाउनुपर्ने, बेड नपाउँदा भुइँमा समेत सुताउनुपर्ने बाध्यता छ । विगत ११ वर्षदेखि निर्माणाधीन भवन भएकोले तुरुन्तै सम्पन्न गर्नैपर्ने अवस्था छ भने विलम्ब र राज्यको लापरवाहीको पराकाष्ठा योजना हो ।
५. धरानस्थित बीपी अस्पतालको शव राख्ने भवन मर्मत गर्नुपर्ने तथा मेसिन थप्नुपर्ने
कारणः मृत्यु भएपछि पनि नेपालीको शवले समेत दुःखै पाउनुपर्ने देखिन्छ । मेसिनहरु पर्याप्त नहुँदा साथै भवनको छाना चहिँदा शवहरु कुहिएर रहनुपर्दा कहालीलाग्दो स्थिति छ । सरकारले तुरुन्तै मर्मत र मेसिनको लागि लगानी गर्नुपर्ने देखिन्छ ।
६. धरान–देखि नडाहा बराहक्षेत्र ३ जानेबाटो सर्दु पश्चिम कालो पत्रे निर्माणः
कारणः बराहक्षेत्र नगरपालिमा र धरान उपमहानगरपालिका जोड्ने लिङ्क रोड जहाँ अन्यपालिकाका मानिसहरु पनि राजमार्गकै रुपमा सो बाटो हुँदै यात्रा गर्ने गर्छन् । कालो पत्रे नहुँदा बाटोमा खाल्डाखुल्डी हुँदा दैनिक जसो हिलो र धुलोको कारण सवारी दुर्घटना हुने गर्दछ । दशकौं देखि जनताको व्यग्र पर्खाइ रहेको बाटो भएकोले ! कृषी उपज लैजान, बजार तथा बी अस्पताल जान अत्यावश्यक मार्ग हो ।
७. धरानदेखि भलुवा चौरी बराहक्षेत्र ५ जानेबाटो सर्दु पूर्व कालोपत्रे निर्माण गर्नुपर्ने ।
कारणः बराहक्षेत्र नगरपालिमा र धरान उपमहानगरपालिका जोड्ने लिङ्क रोड जहाँ अन्यपालिकाका मानिसहरु पनि राजमार्गकै रुपमा सो बाटो हुँदै यात्रा गर्ने गर्छन् । कालो पत्रे नहुँदा बाटोमा खाल्डाखुल्डी हुँदा दैनिक जसो हिलो र धुलोको कारण सवारी दुर्घटना हुने गर्दछ । दशकौंदेखि जनताको व्यग्र पर्खाइ रहेको बाटो भएकोले । कृषि उपज लैजान, बजार तथा बीपी अस्पताल जान अत्यावश्यक मार्ग हो ।
८. बराहक्षेत्र नगरपालिका १ चतरादेखि सूर्यकुण्ड जाने बाटो कालोपत्रे निर्माण गर्नुपर्ने
कारणः दशकौंदेखि असहज खाल्डाखुल्डी र हिलोमा यात्रा गर्नुपर्दा जनताले औधी सास्ती खेप्नुपरेको अवस्था छ । कृषि उपज ल्याउने, बजार, विद्यालय र अस्पताल जाने एक मात्रै बाटो हो ।
९. धरानदेखि हरियाली हुँदै रामधुनी नगरपालिका जानेबाटो कालोपत्रे निर्माण हुनुपर्ने
कारणः रामभूमि नगरपालिमा र धरान उपमहानगरपालिका जोड्ने लिङ्क रोड जहाँ अन्यपालिकाका मानिसहरु पनि राजमार्गकै रुपमा सो बाटो हुँदै यात्रा गर्ने गर्छन् । कालो पत्रे नहुँदा बाटोमा खाल्डाखुल्डी हुँदा दैनिक जसो हिलो र धुलोको कारण सवारी दुर्घटना हुने गर्दछ । दशकौंदेखि जनताको व्यग्र पर्खाइ रहेको बाटो भएकोले । कृषि उपज लैजान, बजार तथा बीपी अस्पताल जान अत्यावश्यक मार्ग हो त्यसैले सो बाटो कालोपत्रे हुनुपर्नेछ ।
१०. धरान–४ को जीवनरेखाको रुपमा रहेको देवीगाउँ हुँदै दानाबारी जाने बाटो बन्नुपर्ने
कारणः पहाडी भेग परेको हुँदा सो बाटो कालो पत्रे निर्माण हुन नसक्दा हजारौं जनताले दैनिक कष्ट खेप्नुपरेको छ । अस्पताल र विद्यालय जान गाह्रो हुने, यात्राको क्रममा दुर्घटना हुने गरेको छ ।
११. धरान–५ ठिङ्गाबारी हुँदै धरान–४ को सुमनटार जाने बाटो पक्की कालोपत्रे बनाउनुपर्ने
कारणः कृषी उपज ल्याउन, बजार, विद्यालय र अस्पताल जान त्यस भेगका जनतालाई यही एउटा बाटो जीवनरेखाको रुपमा रहिआएको हुँदा कच्ची बाटोमा खाल्डाखुल्डीमा अल्झेर ठोक्किएर दैनिक दुर्घटना हुँदा जनधनको क्षति भइरहेको अवस्था छ ।
१२. धरान–२० चिण्डो डाँडा सुम्निमापारुहाङ प्रतिमा सम्पदा जाने पक्की कालो पत्रेबाटो निर्माण गरिनुपर्ने
कारणः त्यस भेगका जनताहरुको एक मात्र नगरपालिका सदरमुकाम आउने, कृषि उपज ल्याउने, विद्ययालय र अस्पताल आउने, जाने जीवनरेखा बाटो भएकोले । साथै धार्मिक पर्यटन प्रवद्र्धनको लागि अत्यावश्यक रहेकोले र कच्ची रहँदा खाल्डाखुल्डीमा परी दुर्घटना भइरहने हुँदा सो बाटो निर्माण आवश्यक छ ।
१३. धरान–२० भन्ज्याङ छेऊ कोकाहा खोलामा पक्की मोटरेबल पुल निर्माण गरिनुपर्ने
कारणः आहाले, खैरे लगायत धनकुटा जिल्लाबाट समेतलाई जोड्ने एकमात्र गाडी कुद्ने कच्ची सडकमा पुल नहुँदा वर्षादको समयमा वारीको वारी नै र पारीको पारीनै अड्किनुपर्ने वाध्यता रहेको छ । कृषी उपज ल्याउने, बजार, विद्यालय र अस्पताल आउन जान असुविधा र असुरक्षा भएको छ ।
१४. धरान–५ मसाने खोलाको पुलसहित प्रगति चौक हुँदै जाने प्रगति मार्ग कालो पत्रे निर्माण हुनुपर्ने
कारणः पुल नहुँदा बर्षेनी भलबाढीले जनताको बस्ती हान्ने गरेको साथै दशकौंसम्म कच्ची बाटोको हिलो र धुलोले हैरान जनता आक्रोशित बन्न थालेकाले त्यो आवश्यक देखिएको छ ।
१५. धरान–५ र धरान ४ जोड्ने निशानडाँडा र खारखोलामाथि ग्रामीण सडकमा पक्की पुल निर्माण हुनुपर्ने
कारणः ग्रामीण सडक रहेको र पुल नहुँदा मोटर जान नसकिरहेको अवस्था रहेकोले पुल निर्माण हुनुपर्दछ ।
१६. धरान–२० भन्ज्याङदेखि स्वाँरा जाने बाटो कालोपत्रे निर्माण हुनुपर्ने
कारणः त्यस भेगका जनताहरुको एक मात्र नगरपालिका सदरमुकाम आउने, कृषि उपज ल्याउने, विद्यालय र अस्पताल जाने आउने जीवनरेखा बाटो भएकोले साथै कच्ची रहँदा खाल्डाखुल्डीमा परी हिजो र धुलोमा दुर्घटना भइरहने हुँदा सो बाटो निर्माण आवश्यक छ ।
१७. धरान–१७ पट्नालीको समावेसी मार्ग रत्नमार्ग अर्थात् बीचको मार्ग बन्नुपर्ने
कारणः दशकौंदेखि कच्ची रहिआएको हिलो र धुलोले स्वास्थ्य समेत बिग्रने गरी जनताले दुःख पाउने गरेको हुँदा सो अति जरुरी देखिएको छ ।
१८. धरान ११ मंगलबारेदेखि दक्षीण पर्ने ऐश्वर्यमार्ग सडक निर्माण प्राथमिकतामा राख्नुपर्ने
कारणः शहरभित्र पर्ने साह्रै धेरै भत्कने सडक भएकोले । वर्षादमा ठूलो बाढी आइ भत्काउने गरेकोले व्यवस्थित ड्रेनसहितको कालो पत्रे बनाउनुपर्ने साथै वर्षेनी मान्छे बगाउने गरेको हुँदा सो सडक प्राथमिकतामा परोस् ।
१९. धरान–११ विष्णुचौक बानडाँडादेखि सगरमाथा चौक हुँदै विष्णुपादुका जाने पुलसम्म कालोपत्रे पक्की बाटो निर्माण गरिनुपर्ने
कारणः दशकौंदेखि कच्ची रहिआएको हिलो र धुलोले स्वास्थ्य समेत बिग्रने गरी जनताले दुःख पाउने गरेका छन् ।
२०. धरान–६ प्रणामी मार्ग देखि बाजीपार्क फुट्बल मैदानसम्मको कच्चीबाटो कालोपत्रे निर्माण हुनुपर्ने
कारणः कच्ची बाटो रहिआएको दशकौं भएकोले जनताले धुलोखाइरहेका छन् ।
२९. धरान–१७ फोक्ल्याण्ड चौकदेखि डाँडाघोपा सडक निर्माण हुनुपर्ने
कारणः दशकौंदेखि धुलो र हिलोमा यात्रा गर्नुपर्ने भइरहेको अवस्था छ ।
२२. धरान–९–१०–११ पुतलीलाइन हुँदै कल्याण चौकसम्म सडक मर्मत गर्नुपर्ने
कारणः मुख्य बजारमा स्थरीय सडक नहुँदा जनताले दुःख पाइरहेको अवस्था छ ।
२३. धरान–८ स्थित सभागृह मर्मत तथा पुन निर्माण
कारणः धरानमा सभागृह नभएकोले कार्यक्रमहरु गर्न असुविधा छ ।
२५. धरान–६ औद्योगिक ग्राम निर्माण गर्न हुनुपर्ने
कारणः उद्यमीहरुका लागि औधोगिक सुविधा दिन एउटा विशेष स्थान दिनु पर्ने भएकोले पूर्व निर्धारित र लगानी भइसकेको स्थानमा बनाउन आवश्यक छ ।
२६. धरान–८ मा सुनसरी जिल्ला ट्राफिक कार्यालय निर्माण
कारणः सरकारी भवन नहुँदा मासिक भाडा तिरेर पनि भने जस्तो भवनमा बस्न नपाएको अवस्था छ ।
२७. धरान–१४ विजयपुर धार्मिक क्षेत्रदेखि धरान–२० सुम्निमा पारुहङ डाँडा हुँदै सुलीकोट हुँदै विष्णुपादुका मन्दिर हुँदै सूर्यकुण्ड हुँदै बराहक्षेत्र मन्दिर हुँदै रामधुनीसम्मको बाटो निर्माण धार्मिक तीर्थयात्रा प्याकेज सडक निर्माण गरिनुपर्नेछ ।
२८. धरान बजार तथा आवासीय क्षेत्रहरुको बीच बीचबाट गएका हाइटेन्सन बिजुलीका लाइनहरुले धेरै दुर्घटना निम्त्याइरहेको हुँदा सुरक्षित स्थानमा स्थानन्तरण गरिनुपर्ने ।
२९. बजार जोगाएर व्यापार जोगाउन तथा आर्थिक क्षति हुन नदिन उचित विकल्प खोजी राजमार्गलाई स्थानान्तरण गरिनुपर्ने ।
३०. बराहक्षेत्र नगरपालिका कालाबन्जार बजारस्थित हैंटाखोलामा तटबन्धनको व्यवस्था गरिनुपर्ने ।
३१. चतरा छेऊमा रहेको हाटखोलाको हटिया बजारलाई व्यवस्थित गर्न आवश्यक भौतिक संरचनाहरू निर्माण हुनुपर्ने ।
३२. धरान–१५ सदन स्कुलदेखि महादेव चौकसम्म सडक मर्मत हुनुपर्ने ।
३३. धरान–८ श्रीजङ्गा चौक चेक पोष्टदेखि धरान–८ भोटेपुल सम्म सडक निर्माण तथा सौन्दयीकरण गरिनुपर्ने ।
३४. धरान आविष्कार केन्द्रमा उपकरणहरु खरिद गरी हस्तान्तरण गरिनुपर्ने ।
३५. धरान–१६ गणेशमान चौकदेखि जोर सखुवा चौकसम्म सडक स्तरोन्नति तथा मर्मत गरिनुपर्ने ।
३६. धरान–१३ जानकी चौक तलतिरको झोलुङ्गे पुल चौकदेखि पक्की पुलसम्मको धुलो बाटोमा कालोपत्रे निर्माण गरिनुपर्ने ।
३७. धरान–१२ को चतरालाइनदेखि स्वातिका चौकसम्म सडक स्तरोन्नति गरिनुपर्ने ।