धरानः नेपाली कांग्रेसले बैशाख १ गतेदेखि शुरु गरेको जरा अभियान सुनसरी क्षेत्र नं. १ मा समेत शुरु भएको छ । अभियानको उद्घाटन केन्द्रीय प्रतिनिधि भई खटिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश सांसद मा. अमृत अर्यालले गरेका थिए । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यका प्रत्यासी समेत रहेका कांग्रेसका प्रतिनिधिसभा क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा अभियानको कार्यक्रम भएको हो । यस अघि बैशाख ३ गते सुनसरी जिल्लास्तरीय कार्यक्रम सम्पन्न भएको थियो । कांग्रेसले सबै क्षेत्र, वडा र टोलमा जरा अभियान सञ्चालन गर्ने जनाएको छ ।
प्रमुख अतिथि अर्यालले पार्टीमा जागरण र रुपान्तरण ल्याउन तथा स्थानीय र राष्ट्रिय सन्दर्भमा पार्टीको सोंच र सन्देश प्रवाह गर्न जरा अभियान आवश्यक भएको बताएका छन् । उनले सहभागी नेता तथा कार्यकर्ताहरुले राखेका जिज्ञासालाई संवोधन गर्दै प्राप्त उचित सुझावहरुलाई पूर्णरुपले मनन् गरेर अघि बढ्ने समेत बताए ।
अर्का केन्द्रीय प्रतिनिधि यदु विष्टले जरा अभियानका सन्दर्भमा प्रकाश पार्दै अभियानका क्रममा क्रियाशील सदस्यता अद्यावधिक समेत गरिने बताउंदै पार्टीको संगठनरुपी जरामा सिंचित गर्न, गोडमेल गर्न र पार्टीमा ताजगी अभिवृद्धि गर्न अभियानले मद्दत पु¥याउने बताए । उनले राष्ट्रियता, लोकतन्त्र, संघीयता, नागरिक विश्वास, सामाजिक एकता र पार्टीको जरालाई सवल बनाउने अभियानको उद्देश्य रहेको समेत बताए ।
कांग्रेसको कोशी प्रदेशवाट खटेका प्रतिनिधि एवम् प्रदेश कोषाध्यक्ष राजेश गुप्ताले यो अभियानवाट पार्टी संगठनमा पुर्नजागरण हुने विश्वास व्यक्त गरे ।
अभियानलाई संवोधन गर्दै इनरुवा नगर प्रमुख समेत रहेका कांग्रेसका सुनसरी सभापति केदार भण्डारीले केन्द्रले ल्याएको जरा अभियान र यसका उद्देश्यहरु देश, जनता र पार्टी हीतका सन्दर्भमा अत्यन्त फलदायी भएको बताएका छन् । उनले दोष जति अरुलाई थोपर्ने परम्पराको अन्त्य गरी एकतावद्ध भई पार्टीलाई सुदृढ बनाउन सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । केन्द्रीय प्रतिनिधिहरुको समुपस्थितिमा भएको महत्वपूर्ण कार्यक्रममा कतिपय महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, वडा÷पालिका÷प्रदेशसभा÷प्रतिनिधिसभा÷जिल्ला र प्रदेशका पदाधिकारी तथा सदस्यहरु समेत अनुपस्थित रहेकोमा दुःख व्यक्त गर्दै अविलम्व बैठक राख्न क्षेत्रीय सभापति सुजेन्द्र तामाङलाई निर्देश समेत गरेका छन् ।
केन्द्रीय प्रतिनिधि तथा प्रदेश प्रतिनिधिहरुलाई स्वागत गर्दै क्षेत्रीय सभापति सुजेन्द्र तामाङले पार्टीले अघि सारेको जरा अभियान उत्साह, विश्वास, जागरण, रुपान्तरण र शुद्धिकरणको एक नविन एवम् महत्वपूर्ण अभियान भएको बताउंदै अभियानलाई हरेक वडा, टोल र जनस्तरसम्म पु¥याई प्रभावकारी रुपले सम्पन्न गर्न पार्टीको जिम्मेवार सबै नेता साथीहरुको प्रमुख कर्तव्य रहेको बताए । उनले अभियानलाई सफल बनाउन अभिमुखिकरण गराई स्थानीय जिम्मेवार नेताहरुलाई हरेक वडामा प्रतिनिधि खटाइने तथा क्रियाशील सदस्यतालाई अद्यावधिक गरी पूर्ण रुपले डिजिटलाईज गर्न विद्यार्थी नेताहरुलाई प्राविधिकको रुपमा खटाइने समेत बताए ।
जरा अभियान उद्घाटन कार्यक्रममा कोशी प्रदेश सदस्य किशोर राई, कोशी प्रदेश सदस्य गणेश परियार, पूर्व जिल्ला सचिव बुद्धि कटवाल, महाधिवेशन प्रतिनिधि ललिता अधिकारी शर्मा, पूर्व महाधिवेशन प्रतिनिधि नन्दराज राई, क्षेत्रीय सदस्य दिनेश श्रेष्ठ, क्षेत्रीय सदस्य महेन्द्र तामाङ, क्षेत्रीय सदस्य विष्णु वराल, प्रदेशसभा १(२) सहसचिव तथा बराहक्षेत्र–५ का वडाध्यक्ष रोहित काप्mले, धरान ६ का वडा सभापति कृष्णकुमार राई(भुपाल), धरान ७ का वडा सभापति सुवर्ण पलिखे, धरान ८ का वडा सभापति उत्तम राई, धरान ११ का वडाध्यक्ष एवम् वडा सभापति लोकेन्द्र फागु, धरान १२ का वडा सभापति सरोज भट्टराई, धरान १४ का वडा सभापति श्याम श्रेष्ठ, धरान १६ का सभापति किरण आचार्य, क्षेत्रीय प्रतिनिधि गोकुल गुरागाई, महेन्द्र बहुमुखि क्याम्पस स्ववियू सभापति प्रसान राई, नेविसंघ महेन्द्र बहुमुखि क्याम्पस इकाई सभापति विनोद आले मगर लगायतले विभिन्न विचार, जिज्ञासा र सुझावहरु राखेका थिए ।
कार्यक्रममा पूर्व केन्द्रीय सदस्य राजीव कोइराला, केन्द्रीय सदस्य गोमा पराजुली, कोशी प्रदेश प्रतिनिधि एवम् संगठन विभाग प्रमुख मदन संग्रौला, कोशी प्रदेश सदस्य गोविन्द बस्नेत, जिल्ला उपसभापतिद्धय नगेशचन्द्र राई र पंकज महतो, प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई, पूर्व जिल्ला सचिव गिरिराज आचार्य, महाधिवेशन प्रतिनिधि चन्द्रशेखर लामा, जिल्ला सदस्य रत्न रिमाल, राष्ट्रियसभा सदस्यकी प्रत्यासी मिना पुलामी, संसदीय दल धरानका नेता तथा धरान १८ का वडाध्यक्ष नरेन्द्रकुमार राई(प्रविन), क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरी, क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, क्षेत्रीय सहसचिव भोजराज न्यौपाने, क्षेत्रीय सदस्यहरु आशिष कटवाल, सन्ध्या श्रेष्ठ, शिखा चेम्जोङ र कमला श्रेष्ठ, प्रदेशसभा १(१) उपसभापति झुमादेवि राई, सचिवद्धय युवराज शंकर र राजेन्द्र राई, कोषाध्यक्षद्धय रमिना सुब्बा गुरुङ र हरि थापा, सहसचिव रमिता श्रेष्ठ, नगर सहसचिव शिला बज्रचार्य लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले गरेका थिए ।