धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक वर्ष २०८१–८२ मा क्यान्सरका ४ सय २५ वटा शल्यक्रिया र ३ हजार ६ सय ५० जनाले किमोथेरापी लिएका छन्।
प्रतिष्ठानले क्यान्सर उपचारका लागि शल्यक्रिया, किमो, हर्मोनल तथा टार्गेट थेरापी सेवा प्रदान गर्दै आएको छ र रेडियो थेरापीसमेत उपलब्ध रहेको जनाएको छ । सर्वसाधारणलाई सहज पहुँच हुने गरी क्यान्सर उपचारका विभिन्न प्रविधिहरू सञ्चालनमा ल्याइएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानको आर्थिक वर्ष २०८१÷८२ को तथ्याङ्क अनुसार ब्रेन ट्युमर ४१ जना, थाइरोइड क्यान्सर ५ जना, ओरल क्याभिटीको क्यान्सर ३७ जना, ब्रेस्ट तथा इण्डोक्राइन क्यान्सर ८० जना, स्पाइन ट्युमर ३ जना, मेडियास्टिनल ट्युमर १ जना, ग्यास्ट्रोइन्टेस्टाइनल क्यान्सर ५४ जनाको शल्यक्रिया भएको तथ्यांकले देखाएको छ ।
यस्तै हेपाटोबिलियरी एण्ड पेंक्रियाटिक क्यान्सर ३५ जना, रेनल क्यान्सर ६ जना, युरिनरी ब्लाडर क्यान्सर २४ जना, प्रोष्टेट क्यान्सर ११ जना, ओभेरियन क्यान्सर २५ जना, सर्भाइकल क्यान्सर ८ जना, इन्डोमेट्रियल क्यान्सर १० जनाको शल्यक्रिया भएको छ । साथै प्रि क्यान्सर गोइनेकोलोजिकल लिजनको लुप इलेक्ट्रोसर्जिकल इक्सिजन शल्यक्रिया ४० जना, युरेथ्रल क्यान्सर १ जना, पेनाइल क्यान्सर २ जना, भल्भल क्यान्सर ३ जना, बोन ट्युमर २१ जना, अन्य क्यान्सर सम्बन्धित १९ जनाको शल्यक्रिया गरिएको छ ।
शल्यक्रिया बाहेक क्यान्सर रोकथामका लागि प्रतिष्ठानमा सञ्चालित सिस्टेमिक (किमो, हर्मोनल तथा टार्गेट) थेरापीसम्बन्धी सेवामा बहिरङ्ग सिस्टेमिक थेरापी लिनेको संख्या २ हजार ७ सय २८ रहेको तथ्याङ्कमा उल्लेख छ । उक्त सेवा अन्तरङ्ग सिस्टेमिक (किमो, हर्मोनल तथा टार्गेट) थेरापी सेवा लिनेको संख्या ९ सय २२ जना रहेको जनाइएको छ ।
प्रतिष्ठानले क्यान्सर रोकथामसम्बन्धी, स्क्रिनिङ्ग ओपीडी, ग्यास्ट्रोइन्टेस्टाइन इन्डोस्कोपी, ब्रेष्ट क्लिनिक तथा ब्रेष्ट क्यान्सर अवेयरनेस प्रोग्राम, भिजुअल इन्स्पेक्स्सन विथ एसिटिक एसिड, एचपीभीडीएनए टेष्टिङ र कोल्पोस्कोपी सेवा सञ्चालन गर्दै आएको छ । प्रतिष्ठानको सेवाले क्यान्सर उपचारका तीन प्रविधिमध्येका दुई शल्यक्रिया र किमो थेरापीले विशेष गरी देशबाहिर उपचार गराउन जान नसक्ने सर्वसाधारणलाई सहज पहुँच पु¥याएको प्रवक्ता प्राडा अञ्जु प्रधानले बताइन् । प्रतिष्ठानले क्यान्सर उपचारका सरोकारवालाहरूलाई क्यान्सर उपचारको तेस्रो प्रविधिका रूपमा रहेको रेडियोथेरापी पनि प्रतिष्ठानमा उपलब्ध रहेको जनाएकी छिन् ।
‘प्रतिष्ठानमा आवश्यक सम्पूर्ण प्रविधि, पद्धतिहरू उपलब्ध नभए पनि क्यान्सर उपचारमा उल्लेखनीय भूमिका निर्वाह हुँदै आएको छ’ उनले भनिन् । साथै हाल प्रतिष्ठानले क्यान्सरको उपचारमा शल्यक्रिया तथा सिस्टेमिक (किमो, हर्मोनल तथा टार्गेट) थेरापी सेवा प्रदान गर्दै आइरहेको र सोको समय सापेक्ष स्तरोन्नति पनि गर्दै आएको उनले बताइन् ।